यस्तो छ आजको विनिमयदर

Posted on: 06 Apr, 2021

चैत २४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३८ रुपैयाँ १२ पैसा, पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!