सुनको मूल्य बढ्यो

Posted on: 06 Apr, 2021

चैत २४, काठमाडौं । मंगलबार नेपाली बजामा सुनको मूल्य बढेको छ । हिजोको तुलनामा आज प्रतितोला ३ सयले बढेर छापावाल सुनको मूल्य ८७ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार २ सयमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८७ हजार ५० मा कारोबार भएको थियो । यसैबीच आज चाँदीको मूल्य स्थिर रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!