१५.७२ अंकले बढ्यो नेप्से,चन्द्रागिरीको शेयर मूल्य कति पुग्यो ?

Posted on: 06 Apr, 2021

चैत २४, काठमाडौँ । साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से)१५.७२ अंकले बढेर २६७४ .४६ को विन्दूमा रोकिएको छ । मंगलबार २१३ कम्पनीको ८० हजार ९ सय पटकको कारोबारमा १ करोड ५९ लाख ४२ हजार ३ सय ३२ कित्ता शेयर खरिद बिक्रि भएको हो । 

आज ७ अर्ब ३९ करोड ११ लाख ५७ हजार ८ सय ५२ रुपैंयाको शेयर कारोबार भएको छ । आजको शेयर कारोबारमा १०६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको घटेको छ । मंगलबार सबैभन्दा बढी कमाउनेमा चिलिमे हाइड्रोपावर कम्पनी,युनिभर्सल पावर कम्पनी ,युनाइटेड आइडीआई मर्दी मर्दी हाइड्रोपावर र र चन्द्रागिरी हिल्स रहेका छन् । चन्द्रागिरी हिल्सको शेयर मूल्य मंगलबार २ सय १३ ले बढेर २ हजार ३ सय ४४ पुगेको छ । 

यस्तै सबैभन्दा बढी गुमाउनेमा साल्ट ट्रेन्डीङ् कर्पोरेसन रहेको छ । कारोबारमा आएका १३ उपसमूह मध्ये बैंकिङ, ट्रेन्डीङ्,निर्जीवन विमा,फ़ाइनाइन्सको शेयर मूल्य घटेको छ  । यस्तै होटेल र विकास बैंकको शेयर मूल्य बढेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!