ज्योति लाइफको शेयर नेप्सेमा सूचिकृत,पहिलो कारोबार मूल्य कति ?

Posted on: 06 Apr, 2021

चैत २४, काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचिकृत भएको छ । मंगलबार कम्पनीको २ करोड २० लाख कित्ता साधारण शेयर नेप्सेमा सूचिकृत भएको हो । 

ज्योति लाईफ इन्स्योरेन्सले कम्पनीको शेयर नेप्सेमा दोस्रो बजारको कारोबार भोलि देखि शुरु हुने नेप्सेले जनाएको छ । कम्पनीको सुरुवाती मूल्य अर्थात पहिलो कारोबार मूल्य १२० रुपैयाँ २९ पैसादेखि ३६० रुपैयाँ ८७ पैसा रहेको छ। 

ज्योति लाईफ इन्स्योरेन्सले सर्वसाधारण समक्ष एनएमबि क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत् ६६ लाख कित्ता साधारण शेयर सर्वसाधारणको लागि खुल्ला विक्री आव्हान गरेको थियो ।

१ करोड ५४ लाख कित्ता सेयर संस्थापक समूहको हो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!