अपर सोलु हाइड्रोपावरले माग्यो आईपीओ निष्काशन गर्न बोर्डसँग अनुमति

Posted on: 07 Apr, 2021

चैत २५, काठमाडौँ । अपर सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोनमा) आईपीओ निष्काशनका लागि निवेदन दिएको हो।

अपर सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३३ करोड ७ लाख ५ सय कित्ता आइपीओ शेयर निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको लागि कम्पनीले एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

उक्त आइपीओ स्थानीय तथा सर्वसाधारणलाई बिक्री गरिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!