बेलायतबाट राष्ट्र बैंकले नक्कली–सक्कली नोट छुट्याउने मेसिन ल्याउँदै

Posted on: 08 Apr, 2021

चैत २६, काठमाडौं । नेपाल राष्ट्र बैंकले नक्कली–सक्कली नोट छुट्याउने मेसिन ल्याउने भएको छ । बैंकले १३ करोड ७७ लाख ७ हजार रुपैयाँमा नोट परीक्षण मेसिन ल्याउने तयारी गरेको हो ।

उक्त मेसिनले नक्कली, सक्कली नोट छुट्याउनेछ । केन्द्रीय बैंकले आशयपत्र जारी गर्दै बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेड कम्पनीबाट मेशिन ल्यान लागेको जनाएको छ । बैंकले बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेडबाट सो मेसिन ल्याउन लागेको जनाएको छ । 

सबैभन्दा कम मूल्यमा यही कम्पनीले बिडिङ गरेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!