९ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

Posted on: 09 Apr, 2021

चैत २७, काठमाडौँ ।  शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबारको तुलनामा प्रतितोला ९ सयले बढेर छापावाल सुनको मूल्य ८९ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहिबार पनि प्रतितोला सुनको मूल्य एक हजारले बढेर ८९ हजारमा कारोबार भएको थियो । पछिल्लो समय नेपाली बजारमा सुनको भाउ लगातार उकालो लाग्नेक्रम जारी रहेको छ । सोमबार ८७ हजार २ सयमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर ८७ हजार ५ सयमा कारोबार भयो । 

फेरि बुधबार प्रतितोला ५ सयले बढेर ८८ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बिहिबार प्रतितोला एक हजारले बढेर ८९ हजारमा कारोबार भएको सुन आज ९ सयले बढेर ८९ हजार ९ सय कायम भएको हो ।

आज तेजाबी सुनको मूल्य ८९ हजार ४ सय ५० मा कारोबार भएको छ । यसैबीच शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहिबार प्रतितोला एक हजार २ सय मा कारोबार भएको चाँदी आज २० रुपैंयाले बधेरे १२ सय ८० मा कारोबार भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!