सिंगटी इनर्जीको आइपीओ बाँडफाँट,कसरी हेर्ने नतिजा ?

Posted on: 09 Apr, 2021

चैत २७, काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेड कम्पनीले सर्वसाधरणका लागि निष्कासन आइपीओ बाँडफाँट गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक मेगा क्यापिटलले शुक्रबार बिहान ११ बजे 

बाँडफाँट गरेको हो ।

कुल आवेदक १५ लाख ५९ हजार ८ सय २ मध्ये २ लाख ५९ हजार ७ सय जनाले मात्र १० कित्ताका दरले शेयर हात पारेका छन् । १२ लाख ९० हजार १ सय २ जना आवेदकको हात भने खालि भएको छ । कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले २९ लाख कित्ता सेयर निष्काशन गरेको थियो ।

जस मध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीका लागि र ५  प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानिकोषका लागि छुट्याएर बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सर्वसाधरणकालागि खुलाएको थियो ।

सर्वसाधारणले मेराे शेयर कम्पनीकाे वेबसाइट,रिजल्ट सिंगटी हाइड्रोको वेवसाइट,बिक्री प्रवन्धक मेगा क्यापिटलको वेवसाइटबाट आइपीओको रिजल्ट हेर्न सक्छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!