घट्यो सुनको मूल्य

Posted on: 11 Apr, 2021

चैत २९, काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा प्रतितोला ४ सयले घटेरछापावाल सुनको मूल्य ८९ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि छापावाल सुनको मूल्य ८९ हजार ९ सय काम भएको थियो । गत साता लगातार उकालो लागेको सुनको मूल्यमा आज केही गिरावट आएको हो । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ५० कायम भएको महासंघले जनाएको छ ।

यसैबिच आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबारको तुलनामा प्रतितोला ५ रुपैंयाले घटेर १ हजार २ सय ७५ मा कारोबार भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!