रुरु जलविद्युतको आईपीओ बाँडफाँट,कतिले पाए शेयर ?

Posted on: 16 Apr, 2021

वैशाख ३, काठमाडौं । रुरु जलविद्युत् आयोजनाले अईपिओ बाँडफाँट गरेको छ । शुक्रबार बिहान साढे ८ बजे सेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो । १६ लाख ६९ हजार ५६६ जना आवेदक मध्ये ३७ हजार ९१६ आवेदकले आइपीओ हात पारेका छन् । 

७८ हजारको आवेदन रद्द भएको एनएमबि क्यापिटलले जनाएको छ ।  कम्पनीले २० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले आइपीओ निष्कासन गरेको थियो । कम्पनीले  ४ लाख ७ हजार ७०६ कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात् ८ हजार १५४ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् २० हजार ३५८ कित्ता सेयर सामूहिक लगानीकोषलाई राखेको थियो । 

बाँकी रहेको ३ लाख ६९ हजार १६७ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । कम्पनीको आर्थिक वर्ष २०७७/७८ मा ७ करोड ७० लाख ६० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!