लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

Posted on: 16 Apr, 2021

बैशाख ३, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा गरेको हो । 

बिहिबार बसेको संचालक समितिको बैठकले कम्पनीको कुल चुक्तापुँजीको ५ प्रतिशत अर्थात् ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोनस सेयर र सोही बराबरको बोनसमा लाग्ने कर समेत गरी ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भइ साधारणसभाबाट पारित भएपछि लागू हुनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!