नेप्सेमा ३७.५८ को गिरावट,यी कम्पनीको घट्यो शेयर मूल्य

Posted on: 19 Apr, 2021

वैशाख ६, काठमाडौँ । साताको दोश्रो दिन पनि शेयर बजार परिसूचक नेप्से ३७.५८ अंकले घटेर २६६१.९३ विन्दुमा सिमित भएको छ । आज कारोबारमा आएका २ सय २३ कम्पनीको ७३ हजार ५ सय ८२ पटकमा १ करोड ४ लाख २ हजार ७ सय ६८ किटा शेयर कारोबार भएको छ । 

आज ६ अर्ब ७६ करोड ६८ लाख १ हजार २ सय २४ रुपैंया बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । आज ज्योति लाइफ इन्सोरेन्स र महिला लघुवित्त वित्तीय संस्थाको सकारात्मक सर्किट लेभलमा शेयर  कारोबार भएको छ । 

ज्योति लाईफ इन्सोरेन्सको ६२ अर्थात ९.९८ प्रतिशत र महिला लघुवित्त वित्तीय संस्थाको १ सय ३२ रुपैंया अर्थात ९.९४ प्रतिशतले शेयर मूल्य बढेको हो । आज सबैभन्दा धेरै गुमाउनेमा चन्द्रागिरी हिल्स रहको छ । जसको शेयर मूल्य नकारात्मक सर्किट अर्थात २ सय ३६ रुपैंयाले घटेको छ । 

यस्तै आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये हाइड्रोपावर र फाइनान्स बाहेक सबैको शेयर मूल्य घटेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!