घट्यो सुनको मूल्य

Posted on: 20 Apr, 2021

वैशाख ७ काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबारको तुलनामा प्रतितोला ३ सयले घटेर छापावाल सुनको मूल्य ९० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार प्रतितोला सुनको मूल्य ९१ हजारमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ९० हजार २ सयमा कारोबार भएको छ । नयाँ वर्ष लागे संगै लगातार उकालो लागेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो । 

गत चैत ३० गते ८९ हजार ६ सयमा कारोबार भएको सुन वैशाख २ गते बढेर ८९ हजार ८ सयमा कारोबार भएको थियो ।  यस्तै ३ गते बढेर ९० हजार ५ सयमा कारोबार भएको थियो भने ५ गते २ सयले बढेर ९० हजार ७ सयमा कारोबार भयो । 

फेरि ६ गते ३ सयले बढेर ९१ हजारमा कारोबार भएको सुन आज केहि घटेको हो । महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । प्रतितोला १३ सयमा चाँदीको कारोबार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!