मध्य भोटेकोशीले १ अर्ब ५० करोडको आइपीओ निष्कासन गर्न पायो अनुमति

Posted on: 20 Apr, 2021

वैशाख ७, काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत आयोजनाले प्राथमिक साधारण शेयर(आइपीओ)निष्काशनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले १ अर्ब ५० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न कम्पनीलाई अनुमति दिएको हो । 

कम्पनीले १ सय रुपैंया अंकित मूल्यमा सर्वसाधारणलाई १ करोड ५० लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले कुल शेयरमा २५ प्रतिशत सर्वसाधारणका लागि छुट्टयाईएको छ । जसमध्ये सर्वसाधरणलाई १५ र प्रभावित जिल्लाबासीलाई १० प्रतिशत सेयर दिइनेछ ।

बिक्रि प्रबन्धकमा कपनीले ग्लोबल आइएमई क्यापिटल नियुक्त गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!