सिइबिडि हाइड्रोपावरले १७ गते देखि आइपिओ निष्काशन गर्ने

Posted on: 21 Apr, 2021

वैशाख ८, काठमाडौँ । सिइबिडि हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले २५ करोड १८ हजार २ सय ३० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले आफ्नो कुल जारी पुँजी ८३ करोड ९४ लाख १० हजारको ३० प्रतिशत अर्थात २५ करोड १८ लाख २३ हजार रकम बराबरको प्रतिकित्ता रु १०० अंकित दरले शेयर निष्काशन गर्ने भएको हो । जसमा २ प्रतिशत अर्थात् ५० हजार ३ सय ३६५ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता नागरिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता आइपीओमा 

सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

वैशाख १७ देखि ३१ गते सम्म इच्छुक लगानीकर्ताले आवेदन सिङ सक्ने कम्पनीले जनाएको छ । तर कम्पनीका अनुसार छिटोमा २१ गते नै आइपिओ निष्काशन बन्द हुनेछ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!