नेप्सेले ब्रोकरलाई दियो ७ बुँदे निर्देशन (निर्देशनसहित)

Posted on: 26 Apr, 2021

वैशाख १३, काठमाडौँ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सेयर बजार सञ्चालन गर्ने गतिविधिमा सजकता अपनाउन धितोपत्र व्यवसायी(ब्रोकरलाईं) ७ बुँदे निर्देशन दिएको छ । वैशाख १३ गते एक सर्कुलर जारी गर्दै नेप्सेले सदस्य दलाल तथा व्यापारीलाई यथासम्भव भौतिक आवगमनलाई कम गर्नको लागि विभिन्न ७ बुँदे निर्देशन दिएको हो ।

कोरोना महामारीको दोश्रो लहरको संक्रमणलाई न्यूनिकरण गर्ने प्रयास स्वरुप नेप्सेले उक्त व्यवस्था मिलाएको हो र सोही बमोजिम काम गर्न गराउन ब्रोकरलाई निर्देशन दिएको हो । ब्रोकर तथा धितोपत्र व्यापारीले नेप्सेसँग गर्नुपर्ने कामकार्वाहाीका लागि भौतिक उपस्थितिलाई सम्भव भएसम्म कम गर्नुपर्ने छ । नेप्सेमा पेश गर्नुपर्ने, कागजातहरु सकेसम्म इमेल मार्फत अभौतिक रुपमा पीडीएफ फाईल पठाउन नेप्सेले अनुरोध गरेको छ ।

त्यस्तै, ब्रोकरहरुले पेश गर्ने बैंक ग्यारेन्टी आफ्नो बैंक मार्फत ईमेल पठाउन लगाउने र सो को जानकारी यी दुई [email protected][email protected] यी दुईमा अनिवार्य रुपमा पठाउन नेप्सेले आग्रह गरेको छ ।

संस्थापक सेयरको कारोबार गर्न तथा गराउन सदस्य दलालले आवश्यक सम्पूर्ण कागजात संकलन गरिसकेपछि मात्र नेप्सेमा पेश गर्न अनुरोध गरेको छ । त्यसैगरी, सदस्यले नेप्सेबाट पाएको पत्रहरुको प्रत्युत्तर एवं सदस्यसँग सम्बन्धित अन्य कुनै पनि विवरण एवं जानकारी गराउँदा वा पत्राचार गर्दा यो इमेलमा पठाउनु पर्ने नेप्सेले जनाएको छ ।

ब्रोकरले कार्यालय सञ्चालन गर्दा कोरोना महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड तथा बोर्डले जारी गरेका निर्देशनहरु पालना गर्नुपर्ने छ । साथै, सेयर किनबेच पश्चात तोकिएको समयावधि भित्र लगानीकर्तालाई सेयर तथा रकम सहज ढंगले उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्ने र ब्रोकरले सेयर कारोबारका सन्दर्भमा लगानीकर्ताहरुलाई अनलाईनको प्रयोग गर्न प्रोत्साहित गर्न नेप्सेले आग्रह गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!