वैशाख १६ गतेबाट सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द हुने

Posted on: 27 Apr, 2021

वैशाख १४, काठामाडौं । सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागले मंगलबार एक सूचना जारी गर्दै विश्वभरी फैलिदै गईरहेको नयाँ भेरियन्टको कोभिड - १९ महामारीका कारण वैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने जानकारी दिएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!