विहिबार सुनको मूल्य कति छ ?

Posted on: 29 Apr, 2021

वैशाख १६, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ३ सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला ९० हजार ५ सयमा कारोबार भएको छापावाला सुन आज ९० हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार तेजावी सुन ९० हजार रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले वृद्धि भई १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चादीँको मूल्य १ हजार ३ सय ५ रुपैयाँ कायम रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!