सुनको भाउ तोलामा ९ सय रुपैयाँले घट्यो

Posted on: 30 Apr, 2021

वैशाख १७, काठमाडौँ । शुक्रबार सुनचाँदीको भाउ आज घटेको छ । हप्ताको अन्तिम दिन आज सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो । हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि २० रुपैयाँ घटेको छ । हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय ९५ रुपैयाँ तोकिएको छ ।

गएको आइतवार चाँदीको भाउ तोलामा १३ सय १० रुपैयाँ तोकिएको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!