बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको ७ बुंदे निर्देशन, वर्क फर्म होममा जोड दिनुपर्ने

Posted on: 02 May, 2021

वैशाख १९, काठमाडौँ । कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई स्वास्थ्य सतर्कता अपनाउदै पूर्ण सजगताका साथ कारोबार गर्न गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले 'क', 'ख', 'ग' र 'घ' वर्गका बैंक तथा वित्तीय संस्थालाई स्वास्थ्य सतर्कताको साथ साथ ब्यवसायलाई निरन्तरता दिन विभिन्न ७ बुंदे निर्देशन जारी गरेको हो ।

जस अनुसार राष्ट्र बैंकले स्वास्थ्य मापदण्डको पालना गर्न,र जोखिम न्यूनीकरणका उपाय अबलम्बन गर्न निर्देशन दिएको छ । त्यस्तै निषेधाज्ञा जारी भएका स्थानमा रहेका केन्द्रीय कार्यालयमा २० प्रतिशतभन्दा कम र शाखा कार्यालयको हकमा २५ प्रतिशत भन्दा कम कर्मचारीबाट सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले वर्क फर्म होम र रिमोट एक्सेसबाट सेवा दिन पनि निर्देशन दिएको छ  ।

त्यस्तै शाखाहरुबाट आलोपालो सेवा दिन, र हरेक दिनको शाखा खुल्ने विवरण वेबसाइट र सामाजिक संजाल मार्फत जानकारी दिन भनिएको छ । राष्ट्र बैंकले विद्युतीय माध्यमको कारोबारलाई प्रोत्साहन गर्न र स्थानीय निकायसंग समन्वय गरि सेवा दिन निर्देशन दिएको छ ।  

हेर्नुस निर्देशन :






यस बिषयमा तपाइको प्रतिक्रिया...!