अन्तर्राष्ट्रिय उडान २२ गते मध्यरातदेखि बन्द गर्ने निर्णय

Posted on: 02 May, 2021

वैशाख १९, काठमाडौँ । सरकारले सोमवार (भोलि) रातिदेखि आन्तरिक उडान बन्द गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले साझा सवाललाई जानकारी दिए ।

त्यस्तै, अन्तर्राष्ट्रिय उडान २२ गते मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको सीसीएमसी बैठकले भारत र ट्रकीलगायत कोरोना संक्रमणको उच्च जोखिम रहेको देशमा अन्तर्राष्ट्रिय उडान बन्द गर्न सिफारिस गरेको थियो।

यस्तै भारतसँगको हवाई सम्पर्क पनि विच्छेद गर्ने निर्णय भएको छ उनले भने 'तर राष्ट्रिय अन्तर्राष्ट्रिय चार्टर उडानलाई बन्द गरिने छैन ।'

यस बिषयमा तपाइको प्रतिक्रिया...!