सोमबार बढ्यो सुनको मूल्य

Posted on: 03 May, 2021

वैशाख २०, काठमाडौं । सोमबार सुनको मूल्य ४०० ले बढेकोे छ । योसँगैं आज सूनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन आज तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार हुनेछ । हिजो तेजाबी सुन तोलामा ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आज ५ रुपैयाँले बढेकाे छ । आज चाँदी प्रतितोला १३०० रुपैयाँमा कारोबार हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!