सरकारले संस्थानबाट पाउने लाभांश ४८.८७% बढ्यो, ४० मध्ये २४ वटा नाफामा

Posted on: 28 May, 2021

जेठ १४, काठमाडौं ।  सरकारले सार्वजनिक संस्थानबाट गरेको लगानीबाट पाउने लाभांश ४८.८७ प्रतिशतले बढेको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको स्थिती अनुसार आर्थिक वर्ष २०७६/७७ मा सार्वजनिक संस्थानबाट सरकारले १४ अर्ब ९ करोड ९५ लाख लाख रुपैयाँ लाभांश वापत पाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ९ अर्ब ४७ करोड रुपैयाँ सार्वजनिक संस्थानबाट सरकारले लाभांश बुझेको थियो । सार्वजनिक वित्त तथा टेलिकम तथा आयल निगमको नाफाबाट सरकारले पाउने लाभांश बढेपनि उद्योगहरुको अवस्था भने सन्तोषजनक छैन ।

अहिले ४४ वटा सार्वजनिक संस्थान संचालनमा रहेका छन् । जसमा २४ वटा संस्थान नाफामा छन् । १८ वटा संस्थान घाटामा छ भने २ वटा संस्थान पूर्ण रुपमा बन्द छ । आर्थिक वर्ष २०७६/७७ सम्म सार्वजनिक संस्थानमा सरकारले २ खर्ब ८८ अर्ब ६५ करोड सेयर लगानी तथा ऋण लगानी २ खर्ब ३० अर्ब गरेको छ । यसरी सार्वजनिक संस्थानमा ५ खर्ब १९ अर्ब लगानी छ ।

आर्थिक वर्ष २०७६/७७ मा सार्वजनिक संस्थानबाट १ खर्ब १३ अर्ब रुपैयाँ सरकारले राजस्व पाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!