सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने जेठ र असारको योगदान रकम सरकारले जम्मा गरिदिने

Posted on: 29 May, 2021

जेठ १५ , काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले २०७८ जेठ र असारमा  गर्नुपर्ने रकम सरकारले जम्मा गरिदिने भएको छ । सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो जानकारी गराएका हुन् ।

गत वर्ष सरकारले चार महिनाको रकम सरकारले जम्मा गरिदिएको थियो । कोभिड-१९ को समस्याका कारण अप्ठ्यारोमा परेका श्रमिक तथा रोजगारदाताहरुलाई राहत उपलव्ध गराउने नीति अनुसार सरकारले यस्तो व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले जनाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!