१० जिल्लामा कागती खेतीको विस्तार गरिने

Posted on: 29 May, 2021

हिमलाल पराजुली । जेठ १५, स्याङ्जा (रासस)। नेपाल सरकारले स्याङ्जासहित १० जिल्लामा कागती खेतीको विस्तार गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै स्याङ्जासहित १० जिल्लामा कागती खेती विस्तार गर्न बजेटको व्यवस्थाको घोषणा गर्नुभएको हो । 

उक्त घोषणा गरेसँगै यहाँका कृषकहरु उत्साहित छन् । स्याङ्जा जिल्लामा सुन्तला खेतीबाट याहाँ कृषकले राम्रो आम्दानी लिँदै आएकोमा कागती खेतीसमेत विस्तार हुने भएपछि कृषकहरु उत्साहित भएका हुन् । चापाकोट–१० का किसान यामप्रसाद भट्टराईले कागती खेतीको विस्तार गर्ने खबरले आफूलाई निकै खुशी लागेको बताउनुभयो । 

पुतलीबजार नगरपालिका–३ बाडखोलाका अनन्तकुमार श्रेष्ठले जिल्लामा कागती खेतीको विस्तार कार्यक्रमले किसानले यसबाट राम्रो आम्दानी लिन सक्ने बताउनुभयो । 

बजेटमा वालिङ नगरपालिकालाई स्मार्ट सिटीका रुपमा अगाडि बढाउने उल्लेख भएकामा पनि  स्थानीयबासी खुशी भएका छन् । वालिङ–१० का स्थानीय बासिन्दा एवं उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा वालिङ उद्योग वाणिज्य सङ्घ अध्यक्ष शोभाकान्त पौडेलले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!