नेप्से ३ हजार विन्दुमाथि, कारोबार रकम ११ अर्ब नाघ्यो

Posted on: 22 Jul, 2021

साउन ७, काठमाडौं । सेयर बजार परिसूचक नेप्से तीन हजार माथि उक्लिएको  छ । साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार नेप्से परिसूचक १८ दशमलभ ७५ अंकले बढेर ३ हजार ४ दशमलभ ३१ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ४.०६ अंकले बढेर ५६२ दशमलभ २४ विन्दुमा पुगेको छ । आज बैंकिङ्ग हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा र म्युचुअल फण्ड समूहहरु चम्किदा समग्र नेप्सेमै सकारात्मक प्रभाव पर्न गएको हो । 

यस दिन कुल २२२ कम्पनीका ५ करोड ५९ लाख कित्ता माथिको सेयर १ लाख १४ हजार पटक माथि किनबेच हुँदा अधिकतम ११ अर्ब ११ करोड ४१ लाख माथिको कारोबार भएको छ । 

आज मूल्य बढ्ने १० शीर्ष कम्पनीहरुको सूचीमा अधिकांश म्युचुअल फण्ड र जलविद्युत कम्पनी रहेका छन्। जसमध्ये ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। यस दिन लक्ष्मी उन्नती कोष, ङादी ग्रुप पावर, सिईडिबी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, पोखरा फाइनान्स र लक्ष्मी इक्वीटी फण्डको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन शेयरमूल्य घट्ने कम्पनीहरुको गिरावटदर भने ५ प्रतिशतभन्दा कम छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ८ उपसमूहको परिसूचक ओरालो लागेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ५.२७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन १.७२ प्रतिशत र वित्तको १.५२ प्रतिशत बढेको छ। यता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कृषि विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४६ करोड २१ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!