साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ आउंदै

Posted on: 27 Jul, 2021

साउन १२, काठमाडौँ । सानिमा लाइफ इन्स्योन्स कम्पनीले साउन २० गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले कुल जारी पुँजी २ अर्बमध्ये ३० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित आइपीओमा ६० लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओ साउन २० गतेदेखि खुला भइ छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गते बन्द हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!