सुनको मूल्य घट्यो

Posted on: 27 Jul, 2021

साउन १२, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो । 

गत सोमबार बजारमा प्रतितोला एक सय रुपैयाँले बढ्दै सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत ३०० रुपैयाँले नै घट्दै ९१ हजार ३०० रुपैयाँमा कायम भएको छ । 

चाँदीको मूल्य भने आज मंगलबार पनि स्थिरता कायम हुँदै प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!