सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

Posted on: 04 Aug, 2021

साउन २०, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ३०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजाबी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार रु १० ले बढेर १२८५ रुपैयाँमा कारोबार भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!