सुनचाँदीको मूल्य ह्वातै घट्यो

Posted on: 08 Aug, 2021

साउन २४, काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्य ह्वातै घटेको छ । गत शुक्रबारको तुलनामा आइतबार १५ सय रुपैयाँले घट्दै सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँमा झरेको छ । चाँदी प्रतितोला २५ रुपैयाँले घट्दै एक हजार २४० रुपैयाँमा झरेको छ । 

गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य १ हजार ४५० रुपैयाँले नै घट्दै ८९ हजार ५५० रुपैयाँमा झरेको छ । 

गत शुक्रबार बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!