आज १४ अर्ब ३० करोडको शेयर कारोबार, यी हुन् सर्वाधिक कारोबार भएका कम्पनीहरु

Posted on: 08 Aug, 2021

साउन २४, काठमाडौँ । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज शेयर बजार ० दशमलव ६६ अंकले बढेर ३,१०८ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज ८२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९७ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२७ वटा कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।कारोबारमा जलविद्युत समूहको उपसूचक ११५.०५, विकास बैंक ६६.३७, फाइनान्स कम्पनी समूहको उपसूचक २१.८९ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै अपि पावर कम्पनीको ८१ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ६० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको ४५ करोड ८१ लाख, ङादी ग्रुपको ४९ करोड ४७ लाख, बुटवल पावर कम्पनीको ३८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, जीवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, एनआइसी एशिया ८३ ८४ का इकाईधनीले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका इकाईधनीले ७ दशमलव ३७ प्रतिशतका दरले गुमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतभन्दा बढीको दरले गुमाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!