एक हजार ६६४ मा कोरोना सङ्क्रमण, २० को निधन

Posted on: 31 Aug, 2021

भदौ १५, काठमाडौँ (रासस)। कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन एक हजार ६६४ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १२ हजार २२२ जनामा परीक्षण गर्दा एक हजार ६६४ जनामा सङ्क्रमण देखिएको हो । नौ हजार ११७ पिसिआर र तीन हजार १०५ एन्टिजेन परीक्षण गरिएको थियो । तीमध्ये पिसिआर परीक्षण गर्दा एक हजार ५२३ र एन्टिजेनबाट १४१ जना सङ्क्रमित भएका हुन् ।

हाल ३५ हजार ५९१ सक्रिय सङ्क्रमित रहेका छन् । अहिलेसम्म ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २० वटा रहेका छन् । 

एक  हजार ७८६ निको

यस्तै सङ्क्रमणबाट निको भई आज एक हजार ७८६ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख १६ हजार ३०६ जना निको भई घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३.९ प्रतिशत रहेको छ । यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७५० जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति दश लाखमा ३६२.३ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ ।

यस्तै ६३७ जना सघन उपचारकक्ष (आइसीयू), १६४ जना भेन्टिलेटर, ३३ हजार २१४ जना होम आइसोलेशन,  दुई हजार ३७७ जना संस्थागत आइसोलेशन र ३२९ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!