साओमीले ल्यायो दसैंलक्षित अफर, फोन वा टिभी खरिद गर्दा पुरस्कार जित्ने मौका

Posted on: 01 Sep, 2021

भदौ १६, काठमाडौं । साओमीले दसैंलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको छ। कम्पनीले बुधबारबाट लागू हुने गरी डेढ महिना अर्थात् असोज २९ गतेसम्म साओमी र पोकोको स्मार्टफोन वा एमआई टिभी खरिद गरेमा विभिन्न पुरस्कार जित्न सकिने जनाएको छ। 

अफर वापतको पुरस्कार जित्नका लागि खरिदकर्ताहरुले स्मार्टफोनको आइएमइआई नम्बर र एमआई टिभीको सिरियल नम्बर दर्ता गर्नुपर्ने जनाएको छ। साओमीले उक्त अवधिभर दैनिक, साप्ताहिक र बम्पर उपहार दिने जनाएको छ। दैनिक पुरस्कारमा खरिदकर्ताहरुले एमआई पोर्टेबल ब्लूटुथ स्पीकर र एमआई वाच लाइट जित्न सक्ने कम्पनीले जनाएको छ। साप्ताहिक पुरस्कारमा एमआई टिभी फोरए प्रो ४३ इन्च र रेडमी नोट टेन प्रो जित्न सक्ने छन्।

त्यसैगरी, बम्पर पुरस्कारस्वरुप खरिदकर्ताहरुले ६५ इन्चको एमआई टिभी र एमआई ११ स्मार्टफोन जित्न सक्ने कम्पनीले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!