आजपनि घट्यो सुनको मूल्य

Posted on: 02 Sep, 2021

भदौ १७, काठमाडौं । आज बिहिबार सुनको मूल्य घटेको छ । बुधबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९० हजार ८ सयमा आईपुगेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले नै घटेर ९० हजार ३ सय रुपैयाँमा झरेको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२ सय ५ रुपैयाँमा आईपुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ८५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ४२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ३३ रुपैयाँ ५० कायम गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!