सुनको मूल्य बढ्यो

Posted on: 13 Sep, 2021

भदौ २८, काठमाडौं। सोमबार नेपाली बजारमा सुनको भाउ तीन सय रुपैयाँले वृद्धि भएको छ । गत आइतबार बजारमा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार ३०० रुपैयाँले बढ्दै ९० हजार ६०० रुपैयाँ पुगेको हो । 

यस्तै, आज यता चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत आइतबार चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो । 

यता तेजाबी सुनको मूल्य तोलामा तीन सय रुपैयाँले नै वृद्धि हुँदै सोमबार ९० हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!