मंगलबार कति मूल्यमा हुँदैछ सुनचाँदीको कारोबार ?

Posted on: 14 Sep, 2021

भदौ २९, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीकै भाउ स्थिर बनेको हो । महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ कायम भएको जानकारी दिएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । हिजो सोमबार छापावाल र तेजाबी सुनको मूल्य यही थियो । आज चाँदीको प्रतितोला मूल्य १ हजार २०० रुपैयाँ छ । हिजो मंगलबार चाँदीको कारोबार पनि यही मूल्यमा भएको थियो ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!