साहस उर्जाको आइपीओ बिक्री खुला

Posted on: 22 Sep, 2021

असोज ६, काठमाडौं। साहस उर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्कासन गरेको हो।

जसमध्ये ३ लाख ५० हजार कित्ता म्युचुअल फन्ड र २ लाख १० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीले निष्काशन गेरको शेयरमा असोज १० गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे असोज २० गतेसम्म म्याद थप हुनेछ।न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ। यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!