नेप्सेमा निरन्तर पहिरो, आज पनि भारी अङ्कको गिरावट

Posted on: 28 Sep, 2021

असोज १२, काठमाडौं । यो साता शुरुवातदेखि नै शेयर बजारमा पहिराे गएकाे छ। साताको पहिलो दिन आइतबार र सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि दाेहाेराे अङ्कले घटेको छ ।

मंगलबार नेप्से परिसूचक ७० दशमलव ०१ अंकले घटेर २ हजार ६ सय १५ दशमलव ४० अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२ अंकले घटेको छ । कारोबार रकम भने सोमबारको भन्दा केही सुधार देखिएको छ । सोमबार ५ अर्ब १२ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँको कारोबार भएको छ । शेयर बजारमा कारोबार हुने अधिकांश कम्पनीको शेयर मूल्य मंगबलार घटेको छ ।

धेरै घट्नेमा फाइनान्स कम्पनीहरु देखिएका छन् । फाइनान्स कम्पनीको सवइन्डेक्स ७ दशमलव ३७ प्रतिशतले घटेको छ । मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला जलविद्युत् कम्पनी, मेगा बैंक लगायतका केही कम्पनीहरुको शेयर मूल्य भने बढेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!