सुनको मूल्यमा निरन्तर गिरावट

Posted on: 30 Sep, 2021

असोज १४, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८८ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो ।   

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार २५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य ११५५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला ११२० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।       

यस बिषयमा तपाइको प्रतिक्रिया...!