बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Posted on: 30 Sep, 2021

असोज १४,  काठमाडौं । असोज ११ गतेसोमवार देखि सार्वजनिक निष्कासनमा आएको बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा तेस्रो दिनसम्म मागभन्दा २७ गुणा बढी आवेदन परेको परिसकेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द गर्न लागिएको हो । 

कम्पनीले सर्वसाधारणका लागि ७ लाख ४४ हजार रुपैयाँ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । ८ करोड बराबरको ८ लाख रुपैयाँ कित्ता आईपीओमध्य २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४० हजार रुपैयाँ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।  

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!