ह्वात्तै बढ्यो सुनको भाउ : तोलाको कति पुग्यो ?

Posted on: 03 Oct, 2021

असोज १७,  काठमाडौं। आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँ पुगेको हो।

गत शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ र चाँदी एक हजार १४० रुपैयाँमा कारोबार भएको थियो।

यता तेजाबी सुनको मूल्य गत शुक्रबारको तुलनामा दुई सय रुपैयाँले बढेर आज ८९ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!