साहस ऊर्जाको आईपीओ बाँडफाँट : कतिले पाए सेयर ?

Posted on: 03 Oct, 2021

असोज १७ , काठमाडौं। साहस ऊर्जा लिमिटेडको साधारण सेयर  (आईपीओ) आइतबार बाँडफाँट भएको छ। कम्पनीको आईपीओ आज (आइतबार) बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँट गरिएको हो। मागभन्दा बढी आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो।

एनआईबीएल एस क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २३ लाख ९५ हजार ४५६ आवेदन परेको थियो। जसमध्ये २३ लाख ८३ हजार ४६० आवेदन सदर भएका थियो। जसलाई बाँडफाँट गोलाप्रथाबाट गर्दा भाग्यमानी ६ लाख ४४ हजार आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन्। बाँकी १७ लाख ३९ हजार ४६० आवेदकको हात खाली भएको छ। कुल आवेदन परेकामध्ये ११ हजार ९९६ आवेदन बदर भएको थियो।

कम्पनीले गत असोज ६ गतेदेखि १० गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको तथा ३ प्रतिशतले हुने २ लाख १० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए।

कम्पनीको आईपीओ बाँडफाँड गरिए पनि डाटालाई सर्भरमा अपलोड गर्नुपर्ने भएकोले सर्वसाधारणले अन्तिम नतिजा (रिजल्ट) भने केही घन्टापछि मात्र हेर्न सक्नेछन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!