सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियो एन्ड स्किन केयरबीच छुट सम्झौता

Posted on: 05 Oct, 2021

असोज १९, काठमाडौं, न्युज कारखाना। सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंस्थित लुजा मेकअप स्टुडियो एन्ड स्किन केयरबीच छुट सम्बन्धीसम्झौता भएको छ । उक्त सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक एवं कर्मचारीले लुजामेक अप स्टुडियो एन्ड स्किन केयरको विभिन्न सेवाहरूमा विषेश छुट पाउने जनाइएको छ । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरूको लागि समेत घरमै बसी निःशुल्क मोबाइल बैकिङमार्फत् डेबिट कार्डको लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङमार्फत् खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सकिनेलगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्सले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा एटिएम र १११ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!