सुनको भाउ बढ्यो : तोलाको कति पुग्यो बजारभाउ ?

Posted on: 05 Oct, 2021

असोज १९ , काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको भाउ ५ सय रुपैयाँले बढेको छ। सोमबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै, तेजाबी सुन आज प्रतितोला ८९ हजार ८ सय ५० रुपैयाँमा खरिद बिक्रि भएको छ।

त्यस्तै, चाँदीको मुल्य भने आज स्थिर रहेको छ। आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!