मध्यभोटेकोशीको ९० लाख कित्ता IPO खुल्यो, कति दिने आवेदन ?

Posted on: 06 Oct, 2021

असोज २०, काठमाडौँ | मध्यभोटेकोशी जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गरेको छ । आइपिओ बिक्री खुल्ला भएसँगै अबको ६ दिनभित्र आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । 

कुल ९० लाख कित्ताको आइपिओ खुला गरिएकोमा मध्यभोटेकोशी जलविद्युत कम्पनीका कर्मचारीका लागि ३ लाख ६० हजार कित्ता छुट्याइएको छ ।

त्यस्तै म्यूचुअल फण्डहरूका लागि ४ लाख ५० हजार कित्ता छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट हुनेछ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!