बाग्मती प्रदेशभर सार्वजनिक यातायातको भाडा बढ्यो, कति छ नयाँ भाडादर ?

Posted on: 06 Oct, 2021

असोज २०, काठमाडौं | बाग्मती प्रदेश सरकारले प्रदेशभर लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । उपत्यकाबाहेक प्रदेशभित्र संचालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरिएको हो ।

यातायात व्यवसायीहरूले भाडा वृद्धिका लागि आन्दोलन गरिरहेका थिए ।

बाग्मती प्रदेश यातायात मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा पाँच किलोमिटर दूरीसम्मको भाडा १८ रुपैयाँ कायम गरिएको छ भने १० किलोमिटरसम्म २३ रुपयाँ, १५ किलोमिटरसम्म २७ रुपयाँ, २० किलोमिटरसम्म ३० रुपयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ कायम गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!