बागमती प्रदेशमा नेपालकै पहिलो सूचना बैंक सञ्चालनमा

Posted on: 09 Oct, 2021

असोज २३, काठमाडौँ। बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उदेश्यले सूचना बैंक सञ्चालनमा आएको छ। शनिबार आन्तरिक मामिला तथा कानूनमन्त्री अजय क्रान्ति शाक्यले सूचना बैंकको हेटौंडामा उद्घाटन गरे।

बैंकमा प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट उपलब्ध हुने मन्त्री शाक्यले जानकारी दिए।

प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्थाबमोजिम सञ्चार रजिष्ट्रार कार्यालयमार्फत् एकीकृत सूचना बैंक सञ्चालनमा ल्याइएको हो।

मन्त्री शाक्यले नेपालमा पहिलो पटक बागमती प्रदेशमा सूचना बैंक सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको बताए। बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहका सूचना आउनसक्ने गरी यसको विकास गरिने उनले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!