सुनचाँदीको मूल्य घट्यो

Posted on: 21 Nov, 2021

मङ्सिर ५, काठमाडौँ | साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुन ७०० ले र चाँदी १५ रुपैयाँ घटेको बताएको हो ।

महासंघले आज छापावाल सुनको मूल्य ९३ हजार ७०० रुपैयाँ कायम भएको बताएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार २०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ थियो ।

यसैगरी, गत साताको शुक्रबार प्रतितोला १२ सय ७५ रुपैयाँ कायम रहेको चाँदी आज १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!