विदेश जान चाहने नेपालीहरुले उपत्यकाको छ स्थानबाट प्रहरी रिपोर्ट लिन पाइने

Posted on: 24 Apr, 2018

वैशाख ११, काठमाडौँ (रासस) | नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिने सेवाको विस्तार गरेको छ । 

विदेश जाने तथा विदेश रहेका नेपालीको हकमा उपत्यकाको चार स्थानबाट प्रदान गर्दै आएको सेवालाई आजदेखि दुई स्थानमा थप गरी सेवा विस्तार गरेको हो । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज नेउपानेले उपत्यकाको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी परिसर भक्तपुर, ललितपुर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट प्रदान गर्दै आएकामा महानगरीय प्रहरी वृत्त गौशाला र कालीमाटी थप गरिएको जानकारी दिनुभयो । “सेवाग्राहीलाई सहजरुपमा सेवा दिनका लागि प्रहरी रिपोर्ट दिने स्थान बढाएका हौँ”, उहाँले भन्नुभयो । 

यस्तै प्रहरीले उपत्यका बाहिर १ नं प्रदेश कार्यालय विराटनगर, ३ नं प्रदेश कार्यालय हेटौँडा, ४ नं प्रदेश कार्यालय पोखरा, संघीय प्रहरी इकाइ कार्यालय भेरी र संघीय प्रहरी इकाइ कार्यालय सेतीबाट सेवा दिँदै आएको छ । 

विदेशमा रहने नेपालीले भने नेपाल प्रहरीको [email protected] मा आवश्यक कागजातसहित आवेदन दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!