विदेशमा मृत्यु भएका ६३३ मध्ये १०५ आत्महत्या ! किन गर्छन विदेशमा आत्महत्या ?

Posted on: 25 Apr, 2018

वैशाख १२, काठमाडौं | विदेशमा रहेका नेपाली कामदारको दिनहुँ हुने मृत्युको प्रमुख कारण पछिल्लो समय आत्महत्या बन्न पुगेको छ । 

वैदेशिक रोजगारीका नाममा शोषण र ठगीका घटना बढिरहेका बेला मृत्युको पहिलो कारण आत्महत्या देखिएपछि यस क्षेत्रमा थप चुनौती देखिएको छ । स्वदेशमा रोजगारीको अवसर नपाएपछि विदेशिएका कामदारले आत्महत्या गर्ने क्रम बढेपछि सरोकारवालाहरु झस्केका छन् ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार गत साउनदेखि सोमबारसम्म विभिन्न मुलुकमा ६३३ नेपाली कामदारको निधन भएको छ । यसमध्ये सबैभन्दा बढी १०५ जनाले आत्महत्या गरेका छन् । कामदारको ज्यान लिने दोस्रो कारण प्राकृतिक मृत्यु रहेको छ । यसअवधिमा प्राकृतिक कारणले ज्यान गुमाउने कामदारको संख्या एक सय पुगेको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीका क्रममा जुनसूकै कारणले मृत्यु भएका व्यक्तिका परिवारलाई बोर्डले सातलाख रुपैयाँ राहत र बिमा कम्पनीले १५ लाख रुपैयाँसम्म रकम उपलब्ध गराउँछन् ।

वैदेशिक रोजगारीको क्रममा आत्महत्या गर्ने क्रम बढ्नुलाई क्षतिपूर्ति रकम बृद्धिले प्रोत्साहन गरेको त होइन भन्ने प्रश्न पनि गर्न थालिएको छ । बोर्डकी आप्रवासन स्रोत केन्द्र संयोजक पुनम थपलिया वैदेशिक रोजगारीमा जाने बेला युवाले ठूलो रकम ऋण लिने र त्यो तिर्ने पारिश्रमिक नपाउँदा आत्महत्याका घटना बढेका हुन सक्ने ठान्छिन् । - नागरिक दैनिकबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!